दफा २७
उपाध्यक्षको काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त उपाध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क)     आयोगबाट स्वीकृत नीति, योजना र कार्यक्रम कार्यान्वयन गर्ने, गराउने,
(ख)     आयोगको वार्षिक कार्यक्रम, योजना तथा बजेट तयार गराई आयोग समक्ष पेश गर्ने,
(ग)   आयोग तथा समितिको निर्णय कार्यान्वयन गर्ने, गराउने,
(घ)   आयोगको कर्मचारी व्यवस्थापन तथा अन्य व्यवस्थापकीय कार्य गर्ने,
(ङ)   तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने।